बाँके । विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका १२ जना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाँकेबाट परिचालित प्रहरी टोलीले भदौ १३ गतेदेखि एक सातासम्म जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।


पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको बाँके प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका १२ जना प्रतिवादीबाट अदालतले तोकेको ५५ हजार ८ सय ५५ रुपैयाँ जरिवाना तथा २ वर्ष १० महिना ४ दिन कैद फैसला कार्यान्वयन गर्न बाँकी रहेको थियो।
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका अन्य प्रतिवादीहरूको खोजी तथा पक्राउ कार्यलाई समेत निरन्तरता दिइरहेको जनाएको छ।





