Tuesday, November 24, 2026

बाँके । कोहलपुरमा प्रहरीले ब्राउनसुगर जस्तो देखिने अवैध लागूऔषध पदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कोहलपुर नगरपालिका–९ भवानीपुरबाट ८ सय ७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रेमबहादुर गुरुङसहित तीन जनालाई शनिबार राति पक्राउ गरिएको हो।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले प्रेमबहादुरको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ। त्यसपछि गुरुङसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तै, कोहलपुर नगरपालिका–१४ पार्बतीपुरबाट १ सय ७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २७ वर्षीय दयाराम हरिजन र ३० वर्षीय भरत दरै रहेका छन्।

उनीहरूलाई पनि लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech