नेपालगञ्ज । बाँकेमा प्रहरीले १०७ ग्राम ५५० मिलिग्राम खैरो हेरोइनसहित श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ का ३० वर्षीय देशराज चौहान (लोनिया) र उनकी २५ वर्षीया श्रीमती पूजा लोनिया रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो, नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नेपालगञ्ज उपमहानगरपालिका–२ बाट खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरूको साथबाट १०७ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन, दुई थान मोबाइल फोन र एउटा मोटरसाइकल बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाइएको प्रहरीले जनाएको छ।







