Tuesday, November 24, 2026

कोहलपुर, बाँके । कोहलपुरस्थित होटल म्याक्समा प्रहरीले छापा मारेर अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा ४२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० जना भारतीय नागरिक र दुई जना नेपाली नागरिक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको निर्देशनमा कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा छापा मारिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौरका अनुसार पक्राउ परेकाहरू प्रारम्भिक अनुसन्धानका क्रममा अनलाइन सट्टेबाजीसँग जोडिएको देखिएको छ।
प्रहरीले उनीहरूको साथबाट ७० भन्दा बढी मोबाइल फोन, ल्यापटप, कम्प्युटरलगायत विद्युतीय उपकरण बरामद गरेको जनाएको छ। बरामद उपकरणहरूको परीक्षण तथा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
होटलमा छापा मार्न जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक रमेश विष्ट र प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बजगाईँको नेतृत्वमा टोली खटिएको थियो। उक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी राठौरले जानकारी दिए। प्रहरीले घटनाको विस्तृत विवरण भने सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech