Surakshya Rastriya Dainik
शनिबार, २६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कोहलपुर, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा धारिलो हतियार प्रहारबाट एक व्यक्ति घाइते भएका छन्।
शुक्रबार साँझ करिब ७ः१० बजे राप्तीसोनारी–९ ढकेरीमा ३०/३१ वर्षीय राजु बोहोरा नाम गरेका व्यक्तिले एक्कासि धारिलो हतियार प्रहार गर्दा स्थानीय ३७ वर्षीय कमल बहादुर ओली घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ओलीको छातीको बायाँ भागमा धारिलो हतियारले काटिएको चोट लागेको छ। घाइते ओलीलाई तत्काल उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर ल्याइएको थियो। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भनिएका बोहोरा घटनापछि के अवस्थामा छन् भन्ने तथा घटनाको कारण र विस्तृत पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech