Surakshya Rastriya Dainik
शनिबार, २६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

नेपालगञ्ज । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले १३.६० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले नेपालगञ्ज क्षेत्रमा लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन बरामद गरिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको छ। उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले नेपालगञ्ज तथा आसपासका क्षेत्रमा लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै शंकास्पद गतिविधिमाथि निगरानी बढाएको जनाएको छ। पछिल्लो समय बाँके हुँदै हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरी तथा लागुऔषध नियन्त्रण ब्यूरोले निगरानी र कारबाही तीव्र बनाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech