Friday, October 23, 2026

ताजा अपडेट

नेपालगन्ज । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्रा प्रवर्द्धन गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा गरिएको सवारी चालक लक्षित लागूऔषध परीक्षणमा ५ जना पोजेटिभ देखिएका छन्।
मिति २०८३ असोज १५ गते नेपालगन्ज उपमहानगरपालिका–१० गणेशमान चोकस्थित नेपालगन्ज–भन्सार सडकखण्डमा जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जको संयुक्त आयोजनामा परीक्षण गरिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको सहकार्य रहेको थियो।
चेकिङका क्रममा ४० वटा सवारीसाधनका चालक तथा सहचालकलाई ड्रग टेस्ट किटमार्फत परीक्षण गरिएको थियो। परीक्षणमा ३ जना ई–रिक्सा चालक, १ जना मोटरसाइकल चालक र १ जना सवार गरी जम्मा ५ जना लागूऔषध सेवनमा पोजेटिभ देखिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, चेकिङकै क्रममा खानतलासी गर्दा ब्राउन सुगरजस्तो देखिने पदार्थ ३ ग्राम ५७० मिलिग्राम (शुद्ध तौल) फेला परेको छ। उक्त पदार्थसहित २ जना पुरुषलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरीले जनाएको छ।
सवारी चालकले लागूऔषध सेवन गरी सवारी चलाउँदा चालक स्वयं, यात्रु तथा सडकमा आवतजावत गर्ने अन्य व्यक्तिको सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुनसक्ने भएकाले प्रहरीले यस्ता परीक्षणलाई सडक सुरक्षा अभियानकै महत्वपूर्ण हिस्सा मानेको छ।
प्रहरीका अनुसार लागूऔषधमुक्त चालक, जिम्मेवार यातायात र सुरक्षित सडक निर्माणका लागि आगामी दिनमा समेत सवारी जाँच तथा लागूऔषध परीक्षणलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपà