Thursday, October 22, 2026

ताजा अपडेट

बाँके । नेपाल प्रहरीको कार्यदक्षता मूल्याङ्कन (पुलिस ब्याटन), २०८३ मा बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौली देशभरमै प्रथम हुँदै सर्वोत्कृष्ट कार्यालय घोषित भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईं सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालय प्रमुखका रूपमा सम्मानित भएका छन्।
देशभरका प्रहरी कार्यालयबीचको मूल्याङ्कनमा पहिलो स्थान हासिल गर्दै धनौलीले बाँके जिल्लाको प्रतिष्ठा बढाएको छ। यो सफलता प्रभावकारी नेतृत्व, व्यावसायिक कार्यसम्पादन र जिम्मेवार प्रहरी सेवाको उपलब्धिका रूपमा हेरिएको छ।
पुलिस ब्याटन, २०८३ मा प्राप्त यस सम्मानले इलाका प्रहरी कार्यालय धनौलीको कार्यदक्षता र प्रहरी निरीक्षक चापागाईंको नेतृत्व क्षमतालाई राष्ट्रिय स्तरमा स्थापित गरेको छ। साथै, नागरिकमैत्री प्रहरी सेवा, शान्ति सुरक्षा र जनविश्वास अभिवृद्धिमा उत्कृष्ट कार्यसम्पादनको महत्त्वसमेत उजागर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय