Friday, November 20, 2026

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

मिति २०८३ कात्तिक २८ गते दिउँसो करिब १ः४० बजे गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनी फोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको CHO1CM9437 नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी ३४ वर्षीय हुकुम बहादुर खत्री र मोटरसाइकलको पछाडि सवार अन्दाजी ५५ देखि ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल, गुलरिया पुर्‍याइएकोमा चिकित्सकले दिउँसो २ः१३ र २ः०९ बजे मृत घोषणा गरेका थिए। पछाडि सवार पुरुषको नामथर र ठेगाना खुल्न सकेको छैन।

दुर्घटनामा मिनी बस चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ। मध्यम अवस्थाका केही घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।

घाइतेमध्ये चार जना उपचारपछि डिस्चार्ज भएका छन्। अन्य घाइतेहरूको बर्दिया तथा नेपालगञ्जका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech