Surakshya Rastriya Dainik
बिहीबार, २७ अगस्ट २०२६
ट्रेण्डिङ

 

बाँके बैजनाथ गाउँपालिकाले स्थानीय कृषकहरूको मेहनत बजारसम्म पु¥याउने उद्देश्यले ११ जना किसानलाई ई–लोडिङ रिक्सा वितरण गरेको छ। “किसानसँग पालिका प्रमुख कार्यक्रम” अन्तर्गत गाउँपालिकाले कृषकहरूलाई ७० प्रतिशत अनुदानमा उक्त रिक्साहरू वितरण गरेको हो।

आर्थिक वर्ष २०८१/८२ का लागि छुट्याइएको बजेटबाट छनोट भएका किसानलाई यो सुविधा दिइएको गाउँपालिकाले जनाएको छ। ई–लोडिङ रिक्सा वितरणका लागि पालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार स्थानीय किसानहरूले उत्पादन गरेको तरकारी, फलफूल तथा खाद्यान्नबालीलाई बजारसम्म सहजै पु¥याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। अध्यक्ष शाहीले भने, “अब किसानहरूले आफ्नो उत्पादन बेच्न बजार जान गाह्रो मान्नुपर्ने दिन गए, यो रिक्सा उनीहरूको सशक्त साथीजस्तै हुनेछ।”

गाउँपालिकाको यो पहललाई स्थानीय किसानहरूले स्वागत गरेका छन्। उनीहरूको भनाइमा, यस्ता कार्यक्रमले आत्मनिर्भरता बढाउनुका साथै, उत्पादनलाई समयमै उचित मूल्यमा बेच्न सकिने वातावरण निर्माण भएको छ।

बैजनाथ गाउँपालिका पछिल्लो समय कृषि क्षेत्रमा यान्त्रीकरण र प्रविधिमैत्री अभियानमार्फत किसानमैत्री कार्यक्रमहरू अघि बढाउँदै आएको छ। पालिकाले आगामी वर्षहरूमा पनि किसानलाई सहुलियतमा उपकरण, बीउ, तालिम तथा बजार पहुँच दिलाउने योजनामा काम गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech