Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

नेपालगञ्ज, बाँके ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति बाँकेले दशैं अवधिमा हवाई तथा सडक भाडा वृद्धि भएको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा पार्टीले काठमाडौं उपत्यकाबाट करिब १६–१७ लाख मानिस घर फर्कने भएकाले सो समयमा सार्वजनिक यातायात र हवाई भाडा अस्वाभाविक रूपमा वृद्धि हुनु जनताप्रति अन्याय भएको उल्लेख छ।

रास्वपाका जिल्ला सभापति हरिपाल सिंह केसीले हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, “नेपालको राजधानीबाट बाहिरिने यात्रुहरूमाथि नाफा कमाउने उद्देश्यले विमान कम्पनीहरूले मनपरी भाडा असुल्दै आएका छन्। यस्तो अमानवीय कार्य तत्काल रोक्न सरकारले स्पष्ट निर्देशन दिनुपर्छ।”

सो ज्ञापनपत्रमा दशैं जस्तो राष्ट्रिय पर्वमा भाडामा एकरूपता कायम गर्न, बढेको भाडा तुरुन्त घटाउन र भविष्यमा पुनः मनपरी भाडा नबढाउन सार्वजनिक सूचना जारी गर्न गृह मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

रास्वपाले हालै राजधानीमा भएको Gen-Z आन्दोलनलाई स्मरण गर्दै भ्रष्टाचार र कुशासन अन्त्य गर्ने सरकारकै जिम्मेवारी भएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech