Sunday, November 22, 2026

सुर्खेत।
सुर्खेत जिल्ला बराताल गाउँपालिका–३ मा बसोबास गर्ने २९ वर्षीय धर्मराज उपाध्याय र २८ वर्षीय गङ्गा उपाध्याय बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन्।

घटना हिजो राति भएको हो। राति बार्खाको खोरमा बाघ पसेपछि त्यसलाई धपाउन जाने क्रममा बाघले दुवै जनामाथि आक्रमण गरेको स्थानीयहरूले बताएका छन्।

घटनास्थल गुराँसे टोल अति विकट क्षेत्रमा पर्ने भएकाले तत्काल उद्धारमा कठिनाइ भएको बताइएको छ। सो क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ। स्थानीय अनुसार त्यहाँ नेटवर्कको समस्या र बाटोको अत्यन्तै नाजुक अवस्थाका कारण उद्धार कार्यमा ढिलाइ हुन पुगेको हो।

घाइते दुवै जनालाई अहिले भेरी अस्पताल, नेपालगञ्जमा उपचारका लागि लगिएको छ। चिकित्सकका अनुसार दुवैको अवस्था गम्भीर भए पनि नियन्त्रणमा रहेको छ।

स्थानीयवासीहरूले निकुञ्ज क्षेत्र नजिकै बाघको गतिविधि बढ्दो अवस्थामा रहेको भन्दै सरकार र सम्बन्धित निकायलाई सचेत रहन आग्रह गरेका छन्।

घाइते धर्मराज र गङ्गा उपाध्यायको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयहरूले सहानुभूति प्रकट गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी