Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

 

सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजश्व अभिवृद्धिको लक्ष्यका साथ प्रमुख सीमा नाकामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू खटाएको छ।

प्रधान कार्यालयका अनुसार एसएसपीहरूले सम्बन्धित सीमा क्षेत्रमै रही राजश्व चुहावट, चोरी–निकासी, पैठारी, लागूऔषध, हातहतियार ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणमा सक्रिय भूमिका खेल्ने छन्। उनीहरूले दैनिक र साप्ताहिक प्रतिवेदन सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा पठाउने व्यवस्था गरिएको छ।

सर्वसाधारणले पनि प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। कोशी प्रदेशमा एसएसपी दिगविजय सुवेदी (९८५१००१९४२), मधेश प्रदेशमा एसएसपी माधव प्रसाद पौडेल (९८५१२६००२७), लुम्बिनी प्रदेशमा एसएसपी रविनराज कर्णजीत (९८५१२५९६१७) र सुदूरपश्चिम प्रदेशमा एसएसपी गंगाराम श्रेष्ठ (९८५१२६७७७७) लाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech