Surakshya Rastriya Dainik
बिहीबार, २७ अगस्ट २०२६
ट्रेण्डिङ

विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ।
आज बिहान करिब ६ः३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर सप्तरीको राजविराज नगरपालिका–९ जगदरी घर भएका ३४ वर्षीय इन्टर्न डाक्टर अमित यादव गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार यादवलाई गम्भीर अवस्थामा फेला पारिएपछि तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचारका क्रममा बिहान ७ः२५ बजे उनको मृत्यु भएको हो।
मृतक यादव नोबेल मेडिकल कलेजमै एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए।
घटनाको कारणबारे स्पष्ट हुन नसकेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech