Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं, पुस ७ — सरोकार केन्द्रले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई विभिन्न सार्वजनिक सरोकार र प्रशासनिक विषय समेटिएको ध्यानाकर्षक सुझाव पत्र पेश गरेको छ। सुझाव पत्र बुझाउने कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोविन्द पन्थीको नेतृत्वमा केन्द्रका पदाधिकारीहरूको टोली सहभागी थियो।
सरोकार केन्द्रका महासचिव जीवन शर्माका अनुसार सुझाव पत्रमा विशेषगरी वैदेशिक रोजगारको पारदर्शिता, सुरक्षित रोजगारीका माध्यमहरू, अवैध दलाल नियन्त्रण तथा मानव तस्करी रोकथाममा नेपाल प्रहरीले खेल्न सक्ने भूमिकालाई केन्द्रमा राखिएको छ।
“वैदेशिक रोजगारका क्रममा नागरिकहरू ठगीमा पर्ने, अवैध बाटो प्रयोग गर्न बाध्य हुने र मानव तस्करीको सिकार बन्ने समस्या गम्भीर बन्दै गएको छ। ती चुनौती समाधान गर्न प्रहरी र सम्बन्धित निकायबीच समन्वय, निगरानी र कानुनी कार्यान्वयन सुदृढ गर्न सुझाव प्रस्तुत गरेका हौं,” शर्माले बताए।
सुझाव पत्रका मुख्य बुँदाहरू
सुझाव पत्रमा विशेषगरी निम्न विषयहरू समेटिएका छन्:
वैदेशिक रोजगार प्रक्रियामा पारदर्शिता र सुरक्षित माध्यम सुनिश्चित गर्ने उपाय
मानव तस्करी तथा ओसारपसार नियन्त्रणका लागि अन्तरनिकाय समन्वय र निगरानी संयन्त्र बलियो बनाउने रणनीति
जोखिममा परेका समुदायका लागि सामाजिक सचेतना र जनजागरण कार्यक्रम सञ्चालन गर्ने सिफारिस
सरोकार केन्द्रले स्थापना कालदेखि नै वैदेशिक रोजगारका क्रममा अलपत्र परेका नागरिकको उद्धार, सामाजिक सचेतना अभिवृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारमूलक सीप विकास र नागरिक हकहितका विषयमा निरन्तर काम गर्दै आएको छ। हालसम्म केन्द्रले २५ भन्दा बढी सामुदायिक विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ भने मानव तस्करी र वैदेशिक रोजगारका क्रममा अलपत्र परेका ४९ जनाको उद्धार र ५५ जनालाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएको जनाएको छ।
सुझाव पत्र ग्रहण गर्दै आईजीपी कार्कीले सरोकार केन्द्रको पहलको प्रशंसा गर्दै नेपाल प्रहरी सुरक्षा व्यवस्थापन, कानुनी कार्यान्वयन र जनसहभागिता प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताए। उनले नागरिक समाजसँगको सहकार्यले अपराध नियन्त्रण र सुशासन प्रवर्द्धनमा सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे।
सरोकार केन्द्रको उद्देश्य लोकतान्त्रिक मूल्य, स्थायित्व र सुशासनमा योगदान पुर्‍याउनु हो। मानव बेचबिखन, वैदेशिक रोजगार ठगी, साइबर अपराध, लागुऔषध दुर्व्यसन, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा रोजगारमूलक सीपका क्षेत्रमा सरकार र नागरिकबीच सेतुको भूमिका निर्वाह गर्नु केन्द्रको मुख्य लक्ष्य रहेको छ।
केन्द्रले विद्युतीय तथा साइबर अपराध, अनलाइन ठगी, डिजिटल शोषण, सफ्टवेयर चोरी र बालबालिकामाथि हुने यौनजन्य अपराध रोकथामका लागि सामाजिक सचेतना र कानुनी ज्ञान अभिवृद्धिमा पनि निरन्तर काम गर्दै आएको जनाएको छ। साथै, वैदेशिक रोजगार ठगी, मानव तस्करी तथा अन्य संगठित अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीको सक्रिय भूमिका अपरिहार्य रहेको केन्द्रले जोड दिएको छ।
सरोकार केन्द्रको यो पहलले नागरिक, सुरक्षा निकाय र सरकारबीच सहकार्य सुदृढ गर्दै मानव अधिकारको संरक्षण, समाजलाई सुरक्षित, स्वस्थ र अपराधमुक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech