Surakshya Rastriya Dainik
मंगलबार, २२ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

लुम्बिनी । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (FECON) लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट दिपेन्द्र कुँवर अध्यक्ष र एस.बी. बुढा महासचिव पदमा निर्वाचित भएका छन्।
अधिवेशनले संघको नयाँ कार्यसमिति र सल्लाहकार समिति चयन गर्दै आगामी कार्यदिशा तय गरेको छ। नव–निर्वाचित पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ।
सल्लाहकार समिति
सल्लाहकार समितिको संयोजकमा कुलदीप शर्मा चयन भएका छन् भने ओम प्रकाश रिजाल र रोनीश गौतम सदस्यका रूपमा रहेका छन्।

कार्यसमिति
नवगठित कार्यसमितिमा बिनोज बास्तोला उपाध्यक्ष, विवेक लम्साल कोषाध्यक्ष चयन भएका छन्। कार्यसमितिका सदस्यहरूमा अर्जुन के.सी., बिजय छिनाल, फलेन्द्र बुढाथोकी, सन्तोष बस्नेत र तोरण खाम्छा रहेका छन्।
नव–निर्वाचित नेतृत्वले आफ्नो कार्यकालमा संघको संस्थागत सुदृढीकरण, सदस्यहरूको हित संरक्षण तथा शैक्षिक परामर्श क्षेत्रको मर्यादा र व्यावसायिकता अभिवृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
फेकन लुम्बिनी प्रदेशले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउँदै विद्यार्थी तथा अभिभावकको हितमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ।
अन्त्यमा, फेकन लुम्बिनी प्रदेशको नयाँ नेतृत्व टोलीलाई पुनः एकपटक सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech