काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि घुमुवा रूपमा विभिन्न जिल्लामा बसेका तथा विवादमा तानिएका प्रहरी कर्मचारीहरूलाई प्रधान कार्यालयमा झिकाएपछि प्रहरी वृत्तमा हलचल मच्चिएको छ।
प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले लामो समयदेखि फिल्डमै बसेर जिम्मेवारीप्रति लापरवाही गरेको, अनुचित लाभ लिएको र तस्करी नियन्त्रणको सट्टा तस्करकै मतियार बनेको आरोप लागेका प्रहरी कर्मचारीहरूलाई सोधपुछ तथा छानबिनका लागि प्रधान कार्यालय झिकाएको हो।
प्रधान कार्यालयका अनुसार तानिएका अधिकांश प्रहरी कर्मचारीहरू तराई तथा सुगम जिल्लाहरूमा लामो समयदेखि जरा गाडेर बसेका थिए। उनीहरूमाथि तस्करी, अवैध कारोबार र स्थानीय प्रभावशालीसँग साँठगाँठ गरेको गम्भीर आरोप रहेको बताइएको छ।
सुपरिवेक्षण तथा अनुगमन महाशाखाले आवश्यक छानबिनका क्रममा केही विषयहरू बुझ्नुपर्ने भन्दै पुष २१ गतेभित्र प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो। सो निर्देशनअनुसार केही प्रहरी कर्मचारीहरू उपस्थित भइसकेका छन् भने केही अझै उपस्थित हुन बाँकी रहेको स्रोतले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले छानबिनको निष्कर्षअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ।
को–को तानिए?









