Tuesday, November 24, 2026

काठमाडौं । सरकारले गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा रिक्त रहेका पदमा दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई बढुवा गरेको छ।
गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिको सिफारिसअनुसार शुक्रबार गृह मन्त्रीस्तरीय निर्णयबाट बढुवा गर्ने निर्णय गरिएको हो।
स्रोतका अनुसार डिआइजी पदमा राजन उप्रेती र नवीन अधिकारी बढुवा भएका छन्। यस्तै, एसएसपी पदमा टीका पोखरेल, टेकराज तिमिल्सिना र उत्तम खनाल बढुवा भएका छन्।
यसअघि विभागमा लामो समयदेखि रिक्त रहेको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा गत पुस २१ गते ओमबहादुर खड्कालाई बढुवा गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech