Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

 

०१ माघ २०८२ स्याङ्जा, लुम्बिनी ;— प्रथम खुमा अर्याल T20 क्रीकेट कप लुम्बिनी प्रदेशको स्याङ्जा जिल्लामा आयोजना हुने भएको छ। खेलकुद मार्फत युवालाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको खुमा अर्याल फाउन्डेसनका अध्यक्ष खुमा अर्यालले जानकारी दिनुभएको छ।
अध्यक्ष अर्यालका अनुसार प्रतियोगिताले स्थानीय स्तरका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ। “खेलकुद अनुशासन, नेतृत्व र सकारात्मक सोचको माध्यम हो। युवालाई गलत बाटोबाट जोगाउँदै सिर्जनात्मक क्षेत्रमा जोड्न यस्तो प्रतियोगिता महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो।
यस प्रतियोगितामा लुम्बिनी प्रदेशसहित देशका विभिन्न जिल्लाबाट टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ। T20 ढाँचामा सञ्चालन हुने प्रतियोगिताले स्याङ्जामा खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
खुमा अर्याल फाउन्डेसनले यस अघि पनि सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएको छ। फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपन्न समुदाय सहयोग, युवा सशक्तिकरण तथा खेलकुद विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो। विशेषगरी ग्रामीण क्षेत्रमा शिक्षा तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास भइरहेको उहाँको भनाइ छ।
प्रतियोगिताको मिति, सहभागी टिम, पुरस्कार राशि तथा अन्य विवरण चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ। स्थानीय सरकार, खेलकुद संघसंस्था तथा समुदायको सहकार्यमा प्रतियोगिता भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ।
यस प्रतियोगिताले स्याङ्जालाई खेलकुदको नयाँ पहिचान दिलाउने मात्र होइन, सामाजिक उत्तरदायित्व र खेलकुद विकासलाई एकसाथ अघि बढाउने उदाहरणीय पहल बन्ने विश्वास आयोजकले लिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech