Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

काठमाडौं, माघ २० — लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगाबाट २२६ ग्राम खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१ का २७ वर्षीय सौमित माझी र झापा अर्जुनधारा नगरपालिका–११ का २७ वर्षीय देउकुमार माझी रहेका छन्।

लागू औषध नियन्त्रण ब्यूरोका अनुसार मिति २०८२ माघ १५ गते खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक जाँचका क्रममा उनीहरूको साथबाट २६५ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तथा प्रवक्ता दुर्गा राज रेग्मीले जानकारी दिनुभयो।

प्रहरीले लागू औषध कारोबारविरुद्ध निगरानी कडा बनाइएको बताउँदै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech