Surakshya Rastriya Dainik
आइतबार, २० सेप्टेम्बर २०२६
ट्रेण्डिङ

२७ माघ २०८२ कोहलपुर, बाँके ;- नेकपा एमाले निकट विध्यार्थि संगठन अनेरास्ववियु बाँकेले राष्ट्रियता र लोकतन्त्रको महत्वबारे युवाहरूलाई सचेत र सशक्त बनाउने उद्देश्यसहित खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता माघ २९ गते कोहलपुरमा भव्य रूपमा सम्पन्न हुने आयोजकले जनाएको छ।

समाजमा राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य–मान्यता तथा नागरिक चेतनाको प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अनेरास्ववियु बाँकेका पदाधिकारीहरूले बताएका छन्। विशेषगरी विद्यार्थी तथा युवाहरूलाई आफ्ना विचार र दृष्टिकोण अभिव्यक्त गर्ने अवसर प्रदान गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा जिल्लाभरिका २५ बर्ष भन्दा मुनिका विद्यार्थी, युवा तथा इच्छुक व्यक्तिहरूले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। वक्ताहरूले राष्ट्रियता र लोकतन्त्रका विविध आयाम, वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे आफ्ना विचार प्रस्तुत गर्नेछन्।

अनेरास्ववियु बाँकेले यस्ता सिर्जनात्मक तथा बौद्धिक कार्यक्रमहरूले युवामा नेतृत्व विकास, विचार आदान–प्रदान र सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउने विश्वास व्यक्त गरेको छ। प्रतियोगितालाई सफल बनाउन स्थानीय संघसंस्था, शैक्षिक संस्थाहरू तथा सरोकारवालाहरूको सहयोग रहने अपेक्षा गरिएको छ।

कार्यक्रमका विजेता तथा उत्कृष्ट वक्ताहरूलाई आकर्षक पुरस्कार प्रथम हुनेलाई रु १० हजार दृतिय हुनेलाई रु ६ हजार तेस्रो हुनेलाई ५ हजार ,चौथो हुनेलाई रु४ हजार ,पाँचौ हुनेलाई रु ३ हजार छैठौं हुनेलाई रु २ हजार ,सातौं हुनेलाई रु १ हजार साथै सहभागी सबैलाई रु २ सय ५० रुपैयाँ सहित  प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ। अनेरास्ववियु बाँकेले सबै इच्छुक सहभागीहरूलाई समयमै दर्ता गरी कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech