Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले फागुन ५ गते देशव्यापी नेपाल बन्दको घोषणा गरेको छ। पार्टीका महासचिव कञ्चनद्वारा जारी अपिलमा बन्दलाई सफल बनाउन विभिन्न संघ–संस्था, उद्योगी–व्यवसायी, यातायात व्यवसायी, शैक्षिक संस्था, बुद्धिजीवी तथा सञ्चार क्षेत्रसँग सहयोगको आग्रह गरिएको छ।
पार्टीले फागुन २१ गतेका लागि निर्धारित संसदीय निर्वाचन स्थगित गर्न माग गर्दै सर्वपक्षीय राजनीतिक सम्मेलन गठन तथा “स्वाधीन संयुक्त सरकार” निर्माण गर्नुपर्ने बताएको छ। पार्टीका अनुसार वर्तमान राजनीतिक प्रक्रिया “साम्राज्यवादी डिजाइन” अन्तर्गत अघि बढाइएको दाबी गरिएको छ।
बन्दका मुख्य मागहरू
पार्टीले सार्वजनिक गरेको विज्ञप्तिमा निम्न प्रमुख मागहरू उल्लेख छन्:
संसदीय निर्वाचन स्थगन
सर्वपक्षीय राजनीतिक सम्मेलन गठन
स्वाधीन संयुक्त सरकार निर्माण
जनसंविधान निर्माण प्रक्रिया अघि बढाउने
राष्ट्रिय स्वाधीनताको रक्षा तथा विदेशी हस्तक्षेपको विरोध
स्वास्थ्य, शिक्षा र यातायात निःशुल्क व्यवस्था
भ्रष्टाचार, महँगी र कालोबजारी अन्त्य
उद्योग स्थापना तथा रोजगारी सुनिश्चितता
भूमिहीन र सुकुम्बासीलाई जमिनको व्यवस्था
२०४६ सालयता राज्य सञ्चालन गरेका नेताहरूको सम्पत्ति छानबिन
विदेशी बैंकमा जम्मा गरिएको भ्रष्ट सम्पत्ति फिर्ता ल्याउने
यसैगरी कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमार्फत राष्ट्रिय पुँजी विकास गर्नुपर्ने धारणा पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech