Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कपिलवस्तु — स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित कपिलवस्तुबाट एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–८, बरकुल निवासी २१ वर्षीय अभिषेक गुप्ता रहेका छन्।

प्रहरीले अवैध मुद्रा ओसारपसारको आशंकामा विशेष निगरानी बढाइरहेका बेला सोमबार कपिलवस्तु नगरपालिका–१ स्थित व्यस्त चोकबजार क्षेत्रबाट गुप्तालाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लु.१८प ८७४७ नम्बरको मोटरसाइकललाई पछ्याएको थियो।

प्रहरीको निगरानी देखेपछि गुप्ता मोटरसाइकल छाडेर भाग्ने प्रयास गरेका थिए। उनलाई महेन्द्रगेट नजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

खोजतलासीका क्रममा मोटरसाइकलको सिटमुनि र डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा पाँच सय दरका २८ गड्डी भारतीय रुपैयाँ बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ परेका गुप्ता बर्रोहियास्थित ‘न्यु गुप्ता पेट्रोल पम्प’ का सञ्चालकसमेत हुन्।

हाल गुप्तालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय