धनगढी । धनगढी उपमहानगरपालिका–१, शान्तिनगरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
सोमबार बेलुकी वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा धर्बेन्द्र कोलीको घरमा छापा मारेको थियो। छापामार कारबाहीका क्रममा घरधनी कोलीसहित ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार घटनास्थलबाट नगद रु ९९ हजार ३०० र ६ गड्डी तास बरामद गरिएको छ।
पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।







