Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

बर्दिया । बर्दियामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीन फरक घटनामा उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको हो ।
पहिलो घटनामा मिति २०८३ वैशाख २७ गते राति ११ः३५ बजे प्रहरी चौकी महम्मदपुर बाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–१२ गणेशपुर बाडीसस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका बाँके बैजनाथ गाउँपालिका–२ पितमारी बस्ने २० वर्षीय सुनिल सुनारलाई पक्राउ गरेको हो ।
प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनले लुकाईछिपाई राखेको २ ग्राम ५७० मिलिग्राम खैरो रंगको लागूऔषध फेला परेको जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै दोस्रो घटनामा मिति २०८३ वैशाख २७ गते बिहान १०ः३० बजे इलाका प्रहरी कार्यालय मोतिपुर बाट खटिएको टोलीले बाँसगढी नगरपालिका–५ रामपुर बस्ने २६ वर्षीय निशान केसीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनको हाफपाइन्टको गोजीमा लुकाई राखिएको ५ पुँडिया पदार्थ बरामद गरिएको थियो । प्लास्टिक हटाएर शुद्ध तौल गर्दा १७० मिलिग्राम खैरो रंगको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय मोतिपुरमा राखेर अनुसन्धान भइरहेको छ ।
त्यसैगरी तेस्रो घटनामा मिति २०८३ वैशाख २७ गते राति ११ः१५ बजे प्रहरी चौकी कालिका बाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–८ सुखबासी टोलस्थित सीमा क्षेत्रमा दुई जनालाई पक्राउ गरेको हो ।
साइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका गुलरिया नगरपालिका–१२ बैरिहवा बस्ने १९ वर्षीय निर्मल थारु र २४ वर्षीय सरोज बिकलाई चेकजाँच गर्दा १ ग्राम ४२० मिलिग्राम खैरो रंगको पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मैनापोखर मा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech