कोहलपुर । कोहलपुरस्थित तक्षशिला एकेडेमीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) मा यस वर्ष शतप्रतिशत नतिजा हासिल गरेको छ ।
विद्यालयले SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएको खुसी व्यक्त गर्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारलाई बधाई तथा शुभकामना दिएको छ ।
विद्यालय प्रशासनले विद्यार्थीहरूको मेहनत, अनुशासन र शिक्षकहरूको समर्पणका कारण उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गरेको छ । साथै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
विद्यालयले सफल विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै आगामी शैक्षिक यात्रामा अझ उत्कृष्ट सफलता हासिल गर्न प्रेरणा समेत दिएको छ ।









