Wednesday, November 25, 2026

काठमाडौं । नेपाल प्रहरीको लागि काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालय परिसरमा १४ तले अत्याधुनिक भवन निर्माण हुने भएको छ। प्रस्तावित ‘प्रहरी महानिरीक्षक सचिवालय भवन’ नेपाल प्रहरीको स्वामित्वमा रहेको ६२ हजार ४८१.५४ वर्गमिटर क्षेत्रफलको जग्गामा निर्माण गरिनेछ।

प्रस्तावित भवनको ‘बिल्टअप एरिया’ ११ हजार ३३१.०६ वर्गमिटर रहने जनाइएको छ। भवनको लम्बाइ ५५.९ मिटर, चौडाइ ३६.८५ मिटर तथा प्लिन्थ लेभलदेखि कुल उचाइ ५०.४० मिटर रहनेछ। बेसमेन्टसहित निर्माण गरिने भवनमा बेसमेन्ट बाहेक १४ तला रहने प्रस्ताव गरिएको छ।

भवन निर्माणमा प्रचलित मापदण्डअनुसार खुला क्षेत्र, पार्किङ तथा अन्य आवश्यक पूर्वाधार समावेश गरिने बताइएको छ। भवन सञ्चालनका लागि दैनिक १५ हजार लिटर भूमिगत पानी उपयोग गरिनेछ भने फोहोर पानी व्यवस्थापनका लागि १५ हजार लिटर क्षमताको प्रशोधन प्लान्ट जडान गरिने जानकारी दिइएको छ।

वातावरण संरक्षण नियमावली, २०७७ अनुसार तयार गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन सार्वजनिक गरिएको छ। उक्त प्रतिवेदन गृह मन्त्रालय, संघीय संसद सचिवालयको पुस्तकालय, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, जिल्ला समन्वय समिति काठमाडौं तथा काठमाडौं महानगरपालिकामा अध्ययन गर्न सकिने जनाइएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयले प्रतिवेदनमाथि सर्वसाधारणबाट राय तथा सुझाव माग गरेको छ। मन्त्रालयका अनुसार नेपाल प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको सिफारिससहित ईआईए प्रतिवेदन स्वीकृतिका लागि पेश गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech