Surakshya Rastriya Dainik
आइतबार, २० सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता तथा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधि पक्राउ परेका छन्।
सम्बन्धित निकायको अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीहरू फेला परेपछि १८ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको जनाइएको छ।
पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।
कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा Guruba/Study Glider, LEXICO Education, Pascal Education, Apitome Education, Meghatech Education, Skill Point Education, Vibrant Education, Dream Education, Universal Gateway, Victory Education, 24 Hours Education, Greener Education, Global Impact, Ureshi Education र Bloom Abroad रहेका छन्।
प्रहरीले शिक्षा परामर्श सेवा सञ्चालन गर्दा सम्बन्धित निकायबाट आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ। साथै यस्ता अवैध रूपमा सञ्चालन भइरहेका संस्थामाथि अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech