ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं ।
बलात्कार मुद्दामा पक्राउ परेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदिप महत धरौटीमा रिहा भएका छन्। इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर महतलाई मंगलबार जिल्ला अदालत चितवनले २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।
एक युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई तीन साताअघि पक्राउ गरेको थियो। युवतीले विवाह गर्ने प्रलोभन देखाएर शारीरिक सम्बन्ध राखेको आरोप लगाउँदै महतविरुद्ध उजुरी दर्ता गराएकी थिइन्।
जिल्ला अदालत चितवनका न्यायाधीश केदारनाथ पौडेलको इजलासले प्रारम्भिक सुनुवाइपछि महतलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। सामान्यतया बलात्कार मुद्दामा धरौटीमा रिहा हुने सम्भावना कम रहने भए पनि पर्याप्त बलियो प्रमाण नदेखिएको भन्दै अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेको बताइएको छ।
मुद्दाको थप सुनुवाइ भने अदालतमा जारी रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech