
धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी पोस्ट ओलानीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–११ ओलानीका ५९ वर्षीय काले कामीलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब
उपरीक्षक९डीएसपी० रणबहादुर चन्दले पक्राउ परेका कामी जग्गाको विषयमा विवाद हुँदा भएको हत्या घटनामा दोषी ठहर भएको बताए । उनकाअनुसार घटना २०५६ असार ११ गते भएको थियो ।
उनी गोदावरी नगरपालिका–११ स्थित गौडी बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत कैलालीमा पेस
गरिएको छ । प्रहरी अनुसन्धानका क्रममा कामी लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएको खुलेको छ । घटना पश्चात फरार रहेका उनलाई २७ वर्षपछि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।







