Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

पोखरा । कास्कीको पोखरा महानगरपालिका–३२ मजुवास्थित पृथ्वीराजमार्गमा चेकजाँचका क्रममा ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बिहान करिब ६:२० बजे वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १६९५ नम्बरको सार्वजनिक बसमा नियमित चेकजाँच गर्ने क्रममा स्याङ्जाको आँधीखोला गाउँपालिका–२ निवासी ३२ वर्षीय बिनोद क्षेत्री र फेदीखोला गाउँपालिका–५ निवासी २६ वर्षीय रेशम क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवैले आफू बसेको सिटको झ्यालको पर्दाभित्र प्लास्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा करिब ३४ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको हो।

बरामद गरिएको पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय शिशुवामा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech