बाँके । बाँकेको कोहलपुर नगरपालिका–५ नारायण टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय होमबहादुर सार्की, उनकी १९ वर्षीया श्रीमती नुकिता घर्ति मगर, कोहलपुर नगरपालिका–५ कै ३० वर्षीय रबिन चौधरी र २७ वर्षीय विष्णु सुनार रहेका छन्।


प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले होमबहादुर सार्कीको घरमा खानतलासी गर्ने क्रममा ब्राउनसुगर जस्तो देखिने ६ सय २० मिलिग्राम पदार्थ बरामद गरेको हो। बरामद लागूऔषधसहित चारै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





