काठमाडौं । प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा कार्यरत एसपी मोहन थापासहित एक दर्जनभन्दा बढी प्रहरी अधिकारीलाई फिर्ता बोलाएको छ।
फिर्ता गरिएका प्रहरी अधिकारीमध्ये एसपी मोहन थापाको स्थानमा प्रहरी प्रधान कार्यालयको युएन शाखामा कार्यरत एसपी सुधिरराज शाहीलाई अख्तियारमा खटाइएको छ।
एसपी थापासँगै डीएसपीहरू उमेश लम्साल, मदनजित महरा, गौतम थापा, दीपक कुमार कार्की र भीम खड्का पनि अख्तियारबाट फिर्ता भएका छन्।
यस्तै, इन्स्पेक्टरहरू ज्ञानमञ्जरी शर्मा, हिमबहादुर केसी, किशोर केसी, सुजन पाठक, रामजी देवकोटा, फुलमाया घिसिङ, साकारराज पन्त, श्यामसुन्दर पाठक र उमेश श्रेष्ठलगायत प्रहरी अधिकारीहरूलाई पनि प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको जनाएको छ।
प्रहरी प्रधान कार्यालयले नियमित सरुवा तथा जनशक्ति व्यवस्थापनअन्तर्गत उक्त निर्णय गरिएको जनाएको छ।







