Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

सिरहा । नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले गरेको जवाफी फायरमा एक भारतीय नागरिक घाइते भएका छन्। उनको साथबाट ब्राउन सुगर र कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

जिल्लाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित नेपाल–भारत सीमा नाकामा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, लागूऔषध नियन्त्रण ब्युरो गोलबजार र इलाका प्रहरी कार्यालय महेशपुर पतारको संयुक्त प्रहरी टोलीले चेकजाँच गरिरहेको बेला उक्त घटना भएको हो।

प्रहरीका अनुसार भारतबाट दुईवटा मोटरसाइकलमा चार जना सवार भई लागूऔषध लिएर नेपालतर्फ आउँदै गरेको सूचनापछि प्रहरीले निगरानी बढाएको थियो। चेकजाँचका क्रममा एउटा मोटरसाइकल फरार भएको थियो भने BR 32 AR 6024 नम्बरको मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा फरार व्यक्तिहरूले प्रहरीमाथि कटुवा पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेका थिए।

त्यसपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउन्ड जवाफी फायर गरेको थियो। जवाफी फायरका क्रममा भारतको बिहार राज्य, मधुबनी जिल्ला, बिरपुर ग्राम पञ्चायत–३ बस्ने करिब ३५ वर्षीय अब्दुल कलामको बायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।

घाइते कलामलाई प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि प्रादेशिक अस्पताल, सिरहामा भर्ना गरेको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ।

प्रहरीले पक्राउ परेका कलामको साथबाट एक थान कटुवा पेस्तोल र प्लास्टिकसहित १२२ दशमलव ८० ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

बरामद लागूऔषध, पेस्तोल तथा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech