Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा भएको भनिएको करिब ११ करोड रुपैयाँको आर्थिक अनियमितता प्रकरणमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङ पक्राउ परेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार ठमेलबाट गुरुङसँगै उनकी निकटस्थ भनिएकी लीला लामालाई पनि पक्राउ गरेको जनाएको छ। गुरुङ विद्यालयमा लेखा प्रमुखका रूपमा कार्यरत थिइन् भने लामा आर्थिक अपचलनमा सहयोग गरेको आरोपमा पक्राउ परेकी हुन्। लामा लाजिम्पाटमा रेस्टुरेन्ट तथा ट्राभल एजेन्सी सञ्चालन गर्दै आएकी छन्।

प्रहरीका अनुसार दुवै जनामाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यस प्रकरणबारे सशस्त्र प्रहरीले डीआईजी युवराज अर्यालको नेतृत्वमा छानबिन समिति गठन गरी आन्तरिक अनुसन्धान गरेको थियो। उजुरीअनुसार विद्यालयको बैंक खातामा रहनुपर्ने रकम व्यक्तिगत खातामा जम्मा गरी दुरुपयोग गरिएको आरोप छ। साथै, विद्यालयबाट कल्याण कोषमा पठाउनुपर्ने रकम ढिलो गरी इन्स्पेक्टर गुरुङले पटक–पटक आफ्नो व्यक्तिगत खातामा ट्रान्सफर गराएको आरोप लगाइएको छ।

घटनामा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिग विजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डे पनि छानबिनको दायरामा रहेका छन्। सुवेदी हाल डीआईजी, केसी एसएसपी र पाण्डे एसपीका रूपमा कार्यरत छन्। डीआईजी सुवेदी हाल सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनीका बाहिनीपति हुन्।

नेपाल एपीएफ स्कुल सशस्त्र प्रहरीको कल्याण कोषको बजेटबाट सञ्चालन हुँदै आएको छ। यसअघि २०८२ मंसिरमा पनि विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech