Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्र संघ (युएन) अन्तर्गत आयोजना हुने तथा इन्टरपोलसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन आज अमेरिका प्रस्थान गर्ने भएका छन्।

प्राप्त जानकारीअनुसार आईजीपी कार्की आज साँझ ६:०० बजे कतार एयरवेजको उडानमार्फत दोहा हुँदै अमेरिका जाने कार्यक्रम रहेको छ।

आईजीपी कार्की विदेश भ्रमणमा रहने अवधिमा नेपाल प्रहरीको दैनिक प्रशासन तथा नियमित कामकाज सञ्चालन गर्ने जिम्मेवारी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई दिइएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले आईजीपीको अनुपस्थितिमा एआईजी अधिकारीलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको पुष्टि गरेका छन्।

कार्कीले अमेरिकामा रहँदा संयुक्त राष्ट्र संघको छातामुनि आयोजना हुने तथा इन्टरपोलसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech