ट्रेण्डिङ

धनगढी । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी अझै पक्राउ पर्न सकेका छैनन्। घटनाको २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि प्रहरीले उनको अवस्था पत्ता लगाउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर–१ निवासी ३१ वर्षीय नगार्जी आइतबार राति हिरासतबाट फरार भएका थिए। फरार भएपछि उनको खोजीका लागि जिल्लाका विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको भए पनि हालसम्म उनी फेला परेका छैनन्।
प्रहरीका अनुसार नगार्जीले पानी खाने बहाना बनाएर हिरासतबाट बाहिर निस्कने क्रममा ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई धकेलेर भागेका थिए। उनी लागूऔषध सम्बन्धी मुद्दामा असार ९ गते पक्राउ परेका थिए र अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले फरार थुनुवाको खोजीलाई तीव्र बनाउनुका साथै घटनाको आन्तरिक छानबिन पनि सुरु गरेको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ।
समितिले थुनुवा कसरी फरार हुन सफल भयो, हिरासतको सुरक्षा व्यवस्थामा कहाँ कमजोरी रह्यो तथा घटनामा कुनै प्रहरी कर्मचारीको लापरबाही वा संलग्नता थियो वा थिएन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
हिरासतभित्रैबाट लागूऔषध मुद्दाका थुनुवा फरार भएको घटनाले इलाका प्रहरी कार्यालय टीकापुरको सुरक्षा व्यवस्था र हिरासत व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। प्रहरीले फरार नगार्जीको खोजी कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech