Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

 

धनगढी । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी अझै पक्राउ पर्न सकेका छैनन्।

टीकापुर नगरपालिका–१ निवासी ३१ वर्षीय नगार्जी आइतबार राति प्रहरी हिरासतबाट फरार भएका थिए। उनको खोजीका लागि नेपाल प्रहरीले व्यापक रूपमा खोजतलास जारी राखेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लागूऔषध सम्बन्धी मुद्दामा असार ९ गते पक्राउ परेका नगार्जी अनुसन्धानका लागि हिरासतमा थिए। आइतबार राति पानी खाने बहाना बनाएर हिरासतबाट बाहिर निस्किएका उनले ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई धकेलेर फरार भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार अभियुक्तको खोजी तीव्र पारिनुका साथै घटनाको आन्तरिक छानबिनसमेत सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ।

यस्तै, थुनुवा फरार हुँदा ड्युटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech