काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रचना रहेको चर्चित गीत ‘सिक्का नोटैमा’ ले युट्युबमा १ करोडभन्दा बढी भ्युज प्राप्त गरेको छ।
गीतले १० मिलियन अर्थात् १ करोड भ्युजको आँकडा पार गरेपछि गीतसँग सम्बन्धित सम्पूर्ण टिमले केक काटेर खुसीयाली मनाएको छ।
गीतको यो सफलताले सिर्जनाकार, गायक–गायिका, कलाकार तथा प्राविधिक टिममा थप उत्साह पैदा गरेको बताइएको छ। ‘सिक्का नोटैमा’ पछिल्लो समय दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै गएको गीतका रूपमा चर्चामा छ।
गीतमा आईजीपी दानबहादुर कार्कीको शब्द रहेको छ। कार्कीको शब्द रचनामा यसअघि पनि विभिन्न सामाजिक तथा मनोरञ्जनात्मक गीतहरू सार्वजनिक भइसकेका छन्।
युट्युबमा १ करोडभन्दा बढी भ्युज पुग्नुले गीतप्रति दर्शक–श्रोताको आकर्षण र लोकप्रियता झल्किएको गीतको टिमको बुझाइ छ। यही सफलताको अवसरमा टिमका सदस्यहरू एकै ठाउँमा भेला भएर केक काट्दै खुसी साटासाट गरेका हुन्।
गीतको सफलताप्रति खुसी व्यक्त गर्दै टिमले आगामी दिनमा पनि दर्शक–श्रोताबाट निरन्तर माया र साथ प्राप्त हुने अपेक्षा गरेको छ।







