Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–१०, आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चारजना पक्राउ परेका छन्।

प्रहरीका अनुसार सोमबार साँझ करिब ६ः३० बजे आदर्शनगरमा मोटरसाइकलमा सवार चारजनालाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त रकम बरामद भएको हो।

पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्ला, डुमरा थाना–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१, झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।

पर्सा प्रहरीका प्रवक्ता चक्रबहादुर मल्लका अनुसार सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको हो।

प्रहरीका अनुसार बरामद रकममा १ हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार रुपैयाँ, ५ सय दरका २ हजार ३५३ थान नोटबाट ११ लाख ७६ हजार ५०० रुपैयाँ, १ सय दरका ६४३ थान नोटबाट ६४ हजार ३०० रुपैयाँ र ५० दरका ८४ थान नोटबाट ४ हजार २०० रुपैयाँ रहेको छ।

प्रहरी स्रोतका अनुसार बरामद रकम हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ। यद्यपि यसको पुष्टि अनुसन्धानपछि मात्रै हुने प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर रकमको स्रोत तथा कारोबारको प्रकृतिबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech