Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन्।

नेता खनालले बिहीबार सामाजिक सञ्जालमार्फत समाचार लेखेकै विषयमा पत्रकारलाई पक्राउ गर्नु उचित नभएको बताएका छन्। उनले प्रकाशित समाचारबारे छानबिन तथा आवश्यक कारबाही गर्ने अधिकार सम्बन्धित निकाय नेपाल प्रेस काउन्सिलसँग हुँदाहुँदै पत्रकारलाई पक्राउ गर्नु र कार्यालयमा छापा हान्नु प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन्।

त्यस्तै, कांग्रेस नेता डा. शेखर कोइरालाले पनि पत्रकार श्रेष्ठको पक्राउलाई लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्।

‘समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्रनु लोकतन्त्रको लागि राम्रो संकेत होइन,’ कोइरालाले भनेका छन्।

उनले पत्रकार श्रेष्ठको पक्राउ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भएको भन्दै तत्काल रिहा गर्न सरकारसँग आग्रह गरेका छन्।

‘पत्रकार श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत छ,’ उनले भनेका छन्, ‘श्रेष्ठको अविलम्ब रिहाई गर्न र यस्ता लोकतन्त्र विरोधी गतिविधि नगर्न म सरकारसँग आग्रह गर्दछु।’

पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। उनको पक्राउको विषयलाई लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठ्न थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech