Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । नेपालमा साइबर अपराधसम्बन्धी उजुरीको संख्या पछिल्लो आर्थिक वर्षमा उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा देशभरबाट साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन्।

नेपाल प्रहरीका अनुसार सो अवधिमा साइबर अपराधसम्बन्धी १६१ वटा मुद्दा दर्ता भएका छन् भने १५५ जना पक्राउ परेका छन्। अघिल्ला दुई आर्थिक वर्षमा क्रमशः १८ हजार ९२६ र १९ हजार ७३० वटा साइबर अपराधसम्बन्धी निवेदन दर्ता भएका थिए।

दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै फेसबुक/म्यासेन्जर दुरुपयोग सम्बन्धी रहेका छन्। यस शीर्षकमा ७ हजार १२३ वटा उजुरी परेका छन्। त्यस्तै टिकटकका ६ हजार ७७६, ह्वाट्सएपका ३ हजार १०५, टेलिग्रामका १ हजार ३१ र इन्स्टाग्रामका ६२८ वटा उजुरी दर्ता भएका छन्।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पछिल्लो समय विभिन्न माध्यमबाट हुने अनलाइन ठगीका घटना बढिरहेका छन्। बैंक तथा वालेटका कर्मचारी बनेर ठगी गर्ने, गिफ्ट, लोट्री वा पार्सल पठाउने नाममा रकम असुल्ने, प्रेम सम्बन्धमार्फत ठगी गर्ने तथा वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम असुल्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ।

त्यस्तै टेलिग्राम, ह्वाट्सएप र इन्स्टाग्राममार्फत अनलाइन रोजगारीको प्रलोभन देखाउने तथा अनलाइन सपिङका नाममा ठगी गर्ने घटनासमेत बढिरहेको प्रहरीको भनाइ छ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसको दुरुपयोगबाट ब्ल्याकमेलिङ, ठगी, अनधिकृत पहुँच तथा अन्य विद्युतीय कसुर का घटना पनि बढिरहेका छन्। सीमित स्रोतसाधनका बाबजुद उपलब्ध प्रविधिको प्रयोग गर्दै साइबर अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन साइबर ब्यूरो सक्रिय रहेको प्रहरीले जनाएको छ।

नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयअनुसार साइबर अपराधको रोकथाम तथा अनुसन्धानका लागि साइबर ब्यूरो स्थापना गरिएको हो। ब्यूरोले प्रहरी कर्मचारीको साइबर सुरक्षा तथा अपराध अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिका साथै आम नागरिकमा साइबर सुरक्षा सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

साइबर अपराधमा संलग्न व्यक्तिमाथि प्रचलित विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही हुने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म प्रयोग गर्दा अपरिचित व्यक्तिबाट आउने लिंक, रोजगारीको प्रस्ताव, उपहार वा पार्सलसम्बन्धी सन्देश तथा बैंकिङ विवरण माग्ने व्यक्तिबाट सावधानी अपनाउन आग्रह गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech