Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कोहलपुर, बाँके । वातावरण संरक्षणसँगै सार्वजनिक स्थलको स्वच्छता र सरसफाइप्रति नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कोहलपुरमा ‘ज्ञानोदय पर्यावरण संरक्षण अभियान’ अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
ज्ञानोदय पुस्तकालयको अगुवाइ तथा कोहलपुर नगरपालिका, नगर प्रहरी, इलाका प्रहरी कार्यालय कोहलपुर, रोटरी क्लब अफ सेन्ट्रल बाँके, बेटर बाँके, जुम्बा क्लब कोहलपुर, सचेत युवा कोहलपुरलगायत विभिन्न संघसंस्थाको समन्वयमा आयोजित अभियानअन्तर्गत कोहलपुर चौराहादेखि पश्चिम कृषि चोकसम्म सरसफाइ गरिएको हो।
कार्यक्रममा सडक आसपास, सार्वजनिक स्थान तथा पैदलमार्ग क्षेत्रमा रहेको फोहोर संकलन गर्दै सरसफाइ गरिएको थियो। अभियानले वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी नभई प्रत्येक नागरिक, समुदाय र सामाजिक संघसंस्थाको साझा दायित्व भएको सन्देशसमेत दिएको छ।
कार्यक्रमको संयोजन ज्ञानोदय पुस्तकालयका कार्यवाहक अध्यक्ष निर्मल आचार्यले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख वीरेन्द्रकुमार शाहको उपस्थिति रहेको थियो।
त्यस्तै, नगर प्रहरी प्रमुख वीरबहादुर थापा, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक सानु श्रेष्ठ, रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष ईश्वरिजंग मल्लसहित विभिन्न संघसंस्था तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले कोहलपुरलाई सफा, सुन्दर र वातावरणमैत्री सहरका रूपमा विकास गर्न नियमित सरसफाइसँगै नागरिकमा वातावरणीय चेतना आवश्यक रहेको बताएका थिए। उनीहरूले सार्वजनिक स्थानमा फोहोर नगर्ने, फोहोर तोकिएको स्थानमा व्यवस्थापन गर्ने तथा वातावरण संरक्षणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
आयोजकका अनुसार ‘ज्ञानोदय पर्यावरण संरक्षण अभियान’लाई आगामी दिनमा पनि निरन्तरता दिँदै वातावरण संरक्षण, सरसफाइ र सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, सुरक्षा निकाय, सामाजिक अभियन्ता, स्वयंसेवक तथा सहभागीप्रति आयोजकले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
सरसफाइ अभियानले कोहलपुरको भौतिक सफाइसँगै ‘सफा सहर, स्वस्थ नागरिक र सुरक्षित वातावरण’ निर्माणका लागि सामूहिक प्रतिबद्धताको सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech