Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

उदयपुर । डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी तथा सातौँ तहका वन अधिकृत भुवन पौडेल घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले पौडेललाई बिहीबार साँझ १६ हजार २५० रुपैयाँ नगदसहित कार्यालयबाटै पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय पुगेको अख्तियारको टोलीले निगरानी बढाउने क्रममा पौडेललाई घुस रकमसहित पक्राउ गरेको जनाइएको छ।

पौडेलले एक सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गरिदिने भन्दै सेवाग्राहीबाट १६ हजार २५० रुपैयाँ घुस लिएको आरोप छ।

पक्राउ परेका पौडेलमाथि आवश्यक अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ। घटनाबारे थप कानुनी प्रक्रिया समेत अगाडि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech