Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

घोराही, दाङ । घोराही–३, बरगदुवामा सञ्चालित सञ्जीवनी टिचिङ अस्पतालले विभिन्न पदमा ४७ जना जनशक्ति माग गरेको छ। अस्पतालले योग्य, दक्ष, समर्पित तथा गतिशील जनशक्तिलाई आफ्नो टिममा आबद्ध गराउने उद्देश्यले विभिन्न ११ पदका लागि आवेदन आह्वान गरेको हो।
अस्पतालले सार्वजनिक गरेको सूचना अनुसार जनरल मेडिसिन, मनोरोग, रेडियोलोजी, म्याक्सिलोफेसियल सर्जन, मेडिकल अफिसर, रेडियोलोजी टेक्निसियन, डेन्टल हाइजिनिस्ट, स्टाफ नर्स, हेमोडायलाइसिस स्टाफ नर्स, एनेस्थेसिया टेक्नोलोजिस्ट र इलेक्ट्रिसियन पदमा दरखास्त माग गरिएको छ।
माग गरिएका पदमध्ये स्टाफ नर्सका लागि १५ जना तथा हेमोडायलाइसिस स्टाफ नर्सका लागि १० जना आवश्यक रहेको छ। त्यस्तै मेडिकल अफिसर १० जना, म्याक्सिलोफेसियल सर्जन २, डेन्टल हाइजिनिस्ट २, एनेस्थेसिया टेक्नोलोजिस्ट २ र इलेक्ट्रिसियन २ जना माग गरिएको छ।
यसैगरी जनरल मेडिसिन, साइकियाट्रिस्ट, रेडियोलोजिस्ट र रेडियोलोजी टेक्निसियनका लागि एक–एक जना जनशक्ति आवश्यक रहेको अस्पतालले जनाएको छ।
कुन पदका लागि कस्तो योग्यता ?
अस्पतालका अनुसार जनरल मेडिसिनका लागि MD in General Medicine, साइकियाट्रिस्टका लागि MD in Psychiatry र रेडियोलोजिस्टका लागि MD in Radiology योग्यता आवश्यक छ। म्याक्सिलोफेसियल सर्जनका लागि MDS, मेडिकल अफिसरका लागि MBBS तथा रेडियोलोजी टेक्निसियनका लागि Bachelor in Radiography/Medical Imaging तोकिएको छ।
त्यस्तै डेन्टल हाइजिनिस्टका लागि PCL in Dental Hygiene, स्टाफ नर्सका लागि PCL वा सोभन्दा माथि, हेमोडायलाइसिस स्टाफ नर्सका लागि PCL वा सोभन्दा माथिको योग्यता तथा Basic & Advanced Dialysis Training आवश्यक रहेको छ। एनेस्थेसिया टेक्नोलोजिस्टका लागि Bachelor in Anesthesia Technology र इलेक्ट्रिसियनका लागि CTEVT/Level 2 वा सोसरहको योग्यता माग गरिएको छ।
अस्पतालले उम्मेदवारले सम्बन्धित शैक्षिक योग्यता पूरा गरेको हुनुपर्ने र पूर्व कार्यअनुभव भएकालाई प्राथमिकता दिइने जनाएको छ।
सीभीसहित आवेदन दिन सकिने
इच्छुक तथा योग्य उम्मेदवारले आफ्नो अद्यावधिक सीभी, कभर लेटर, शैक्षिक प्रमाणपत्र तथा नागरिकताको प्रतिलिपिसहित आवेदन दिन सक्नेछन्। अस्पतालले छनोट भएका उम्मेदवारलाई मात्र अन्तर्वार्ताका लागि बोलाइने जनाएको छ।
सञ्जीवनी टिचिङ अस्पताल घोराही–३, बरगदुवा, दाङ, लुम्बिनी, नेपालमा अवस्थित छ। अस्पतालले प्रतिस्पर्धात्मक तलब, आकर्षक सुविधा तथा करियर विकासको अवसर उपलब्ध गराउने जनाएको छ।
अस्पतालले सार्वजनिक गरेको सूचनामा आवेदनको अन्तिम मिति २०८३ भदौ १२ गते (२८ अगस्ट २०२६) तोकिएको उल्लेख छ। थप जानकारीका लागि अस्पतालका सम्पर्क नम्बर ०८२–५९११०१, ५९११०२, ५९११०३, ५९११०४, ५९११०५ तथा हटलाइन ९७०९०६५२५५ मा सम्पर्क गर्न सकिनेछ।
एकैपटक ४७ जनालाई रोजगारीको अवसर खुला गर्दै सञ्जीवनी टिचिङ अस्पतालले दाङ क्षेत्रमा स्वास्थ्य जनशक्तिका लागि नयाँ अवसर सिर्जना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech