Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३, औरैयास्थित एक घरबाट करिब ३५ लाख रुपैयाँ बराबरको अवैध सुर्ती तथा कस्मेटिक सामग्री बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेडक्वार्टर रौतहट, भन्सार कार्यालय तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले बिहीबार घरमा खानतलासी गर्दा ठूलो परिमाणमा अवैध रूपमा भण्डारण गरिएका सुर्तीजन्य पदार्थ तथा विभिन्न कस्मेटिक सामग्री फेला पारेको हो।

अवैध रूपमा चोरी–निकासी गरी सामान भण्डारण गरिएको सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उक्त घरमा छापा मारेको जनाइएको छ। खानतलासीका क्रममा विभिन्न ब्रान्डका सुर्तीजन्य पदार्थ तथा कस्मेटिक सामग्री फेला परेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद सामग्रीको अनुमानित बजार मूल्य करिब ३५ लाख रुपैयाँ रहेको छ। बरामद गरिएका सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

सीमा क्षेत्रमा हुने चोरी–निकासी तथा अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरी, भन्सार कार्यालय र अन्य सुरक्षा निकायले संयुक्त रूपमा निगरानी तथा कारबाही गर्दै आएका छन्। पछिल्लो बरामदगीलाई पनि सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि गरिएको संयुक्त कारबाहीका रूपमा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech