Tuesday, November 24, 2026

बाँके । बाँकेमा प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित ८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार डुडुवा गाउँपालिका–४ फुटाहाबाट १ ग्राम ५५० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका ५८ वर्षीय जिलेदार खान पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले खानलाई पक्राउ गरेको हो।

जिलेदार खानमाथि अनुसन्धान गर्ने क्रममा उक्त लागूऔषध सोही ठाउँका ४५ वर्षीय सगिर खानबाट खरिद गरेको खुलेपछि प्रहरीले सगिरलाई समेत पक्राउ गरेको जनाएको छ।

यसैगरी, कोहलपुर नगरपालिका–११ लोकनगरस्थित गन्धर्भ बस्तीबाट ५५० मिलिग्राम ब्राउन सुगरसहित २१ वर्षीय पवन गन्धर्बसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार बुधबार दिउँसो डुडुवाबाट २ जना र गएराति कोहलपुरबाट ६ जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरूविरुद्ध अवैध लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech