Monday, November 23, 2026

सुर्खेत । वीरेन्द्रनगरबाट प्रहरीले १९.५१० ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ का १८ वर्षीय समीर सुनार, ३२ वर्षीय दिपेन्द्र बैगार, १५ वर्षीय विशाल गन्दर्भ र १७ वर्षीय नरेश सुनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक नीरजबहादुर पालको कमाण्डमा खटिएको प्रहरी टोली र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर–११, सुब्बाकुना क्षेत्रमा चेकजाँच गरेको थियो।

सो क्रममा कर्णाली प्रदेश–०२–००१ च ०८७६ नम्बरको स्कर्पियोमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्दा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट १९.५१० ग्राम खैरो हेरोइन, एक थान स्कर्पियो गाडी र पाँच थान मोबाइल फोन बरामद गरिएको छ।

पक्राउ परेका चारै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech