Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कालिकोट।
शुभकालिका गाउँपालिका वडा नम्बर २ र ३ का स्थानीयवासी करिब दुई महिनादेखि सडक बन्द हुँदा सास्ती खेप्न बाध्य छन्। लामो समयदेखि सडक अवरुद्ध हुँदा पनि अहिलेसम्म बाटो सञ्चालनमा आउन नसक्नुले स्थानीयवासीमा आक्रोश बढ्दै गएको छ,सडक खुलाउनका लागि डोजरसमेत आएको थियो। तर काम सुरु नगरी डोजर कालीबाटै फर्किएपछि स्थानीयवासी झनै निराश बनेका छन्। बाटो खुलाउन डोजर आएर पनि फर्किनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने स्थानीयको माग छ।करिब दुई महिनासम्म सडक बन्द हुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान, दैनिक आवतजावत गर्न तथा खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी गर्न स्थानीयवासीलाई ठूलो समस्या भइरहेको छ। तर यति लामो समयसम्म पनि सडक सञ्चालनका लागि प्रभावकारी पहल हुन नसक्नुले स्थानीय जनप्रतिनिधि तथा नेताहरूको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
के शुभकालिका वडा नम्बर २ र ३ लाई साँच्चिकै बेवास्ता गरिएको हो?
जनताको समस्या देखेर पनि जनप्रतिनिधि र नेताहरू मौन बस्नु चरम लापरवाही होइन र?
जनताले मत दिएर जिताएका प्रतिनिधिहरूले जनताको आधारभूत आवश्यकता र समस्यालाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको भनाइ छ। तर करिब दुई महिनादेखि सडक बन्द हुँदा समेत समस्या समाधान हुन नसक्नुले वडा नम्बर २ र ३ का नागरिकलाई हेपिएको अनुभूति भइरहेको स्थानीयको गुनासो छ।अब सम्बन्धित नेताहरू र जनप्रतिनिधिले ‘बाटो कहिले खुल्छ?’ भन्ने स्थानीयको प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने अवस्था आएको छ। विकासका ठूला आश्वासनभन्दा पहिले जनताको दैनिक जीवनसँग जोडिएको सडक तत्काल सञ्चालनमा ल्याउन स्थानीयवासीले जोडदार माग गरेका छन्।दुई महिना बितिसक्दा पनि बाटो नबन्नुको जिम्मेवारी कसले लिने? डोजर आएर पनि किन फर्कियो? वडा नम्बर २ र ३ का जनताको समस्या कहिले समाधान हुन्छ? यी प्रश्नको जवाफ अब सम्बन्धित निकायले दिनैपर्ने स्थानीयको भनाई रहेका छ l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech