Tuesday, November 24, 2026

कोहलपुर । भरैया–सिम्रहवा जोड्ने रोहिणी खोलामाथि निर्माणाधीन पुलको माननीय सुरेश कुमार चौधरीले स्थलगत अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा चौधरीले पुल निर्माणको वर्तमान अवस्था, हालसम्म भएको प्रगति तथा निर्माणमा देखिएका समस्या र स्थानीयवासीले भोग्दै आएका कठिनाइबारे जानकारी लिनुभएको थियो।

भरैया–सिम्रहवा जोड्ने पुल निर्माणका लागि यसअघि नै डीपीआर तयार भइसकेको भए पनि लामो समयसम्म निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन। पुल निर्माणको प्रक्रिया रोकिँदा स्थानीयवासीले वर्षौंदेखि आवतजावतमा समस्या भोग्दै आएका छन्।

पुल निर्माण सम्पन्न भएपछि भरैया र सिम्रहवा क्षेत्रका बासिन्दाको आवतजावत सहज हुनुका साथै कृषि उपजको ओसारपसार, व्यापार–व्यवसाय र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति राजेन्द्र श्रेष्ठले बताउनुभयो।

अनुगमनका क्रममा स्थानीयवासीले पुल निर्माण प्रक्रिया तत्काल अघि बढाउन र निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। उनीहरूले डीपीआर तयार भइसकेपछि पनि निर्माण प्रक्रिया अघि नबढेको भन्दै पुल निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन माग गरेका छन्।

स्थानीयवासीका समस्या र मागबारे जानकारी लिएपछि चौधरीले पुल निर्माणका लागि आवश्यक पहल गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।

रोहिणी खोलामाथि पुल निर्माण सम्पन्न भएपछि भरैया–सिम्रहवा क्षेत्रका नागरिकको वर्षौंदेखिको आवतजावत समस्या समाधान हुनुका साथै दुई क्षेत्रबीचको यातायात सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदà¥